Who are we

अनमोल फिड्स प्रा. ली.  कुखुरा पालन ब्याबसायमा नेपालको राजधानी भनेर चिनीने चितवन जिल्लाको मध्यभाग रामबागमा २०६८ सालमा स्थापना गरिएको छ । यस उद्योगका संस्थापकहरुलाई मुल्यांकन गरि परिचय गराउँदा लामो समयसम्म पशुपंछीको दाना उद्योग सञ्चालन गरेका, ठुला–ठुला कुखुरा पालन ब्याबसायीक फार्महरु संञ्चालन गरेका तथा ठुला–ठुला ह्याचरी फार्म संञ्चालनगरी लामो समयसम्म अनुभव बटुली सफलता प्राप्त गरेका व्याक्तितवहरु साथै अन्य प्रतिष्स्ठित उद्योगी तथा ब्यापारी घरानाहरुको समुह संलग्नता रहेको छ । यस उद्योगबाट उत्पादन भएको दानाहरु पोल्ट्रिी फार्म, ह्याचरी फार्ममा खुवाइ परिक्षण गरेपश्चात मात्र कृषकहरुमा सिफरिस गरिएको र हाल कुखुरा पालन ब्याबसायीहरुबाट दाना गुणस्तरको भएको कारणबाट अत्यधिक माग भइरहेको छ भने अर्कोतर्फ नेपालको एकमात्र कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा पालिएका कुखुरा तथा अन्य पशु, गाइ, भैंसी, बुंगुर आदिमा समेत यसै उद्योगबाट उत्पादित दाना खुवाइरहेको ब्याहोरा समेत सबैलाई जानकारी गराउन चाहन्छौं । उच्च गुणस्तरीय साथै गुणस्तरमा हाम्रो प्रतिबद्धताको बिश्वासका कारण कृषि तथा पशु बिज्ञान अध्ययन संस्थानले दाना खुवाइरहेको छ । यस उद्योगको आफ्नै उद्योग हाताभित्र बिशेष किसिमको अत्याधुनिक प्रयोगशाला रहेको छ । दाना उत्पादन पुर्व बिभिन्न कच्चा पदार्थको प्रयोगशाला परीक्षण गरी सिफारिस गरेपछि मात्र बजारमा बिक्री बितरण गर्ने ब्याबस्था गरिएको छ । उच्चस्तरिय प्रबिधियुक्त मेशीनबाट उत्पादन हुने अनमोल दाना (रुचि पेलेट) बिश्वासिलो र गुणस्तरयुक्त र भरपर्दो दाना हुने सबैमा सहर्स जानकारी दिलाउन चाहन्र्छौ ।