Start a New Poultry firm

  1. कुखुराको खोरभित्र जाँदा लगाएको जुत्ता वा चप्पल फुकाली फार्मभित्र राखेको बुट, लुगा तथा एप्रोन लगाएर मात्र जाने ।
  2. कुखुराको फार्मभित्र २÷३ लट कुखुरा भएमा शुरुमा जाँदा सानो चल्लामा जाने र अन्तिममा ठुलो वा रोग शंका भएकोमा जाने ।
  3. फार्मभित्र पस्नु पुर्व पूरा स्प्रे गरेर मात्र जाने ।
  4. फार्मभित्र अनाबश्यक मानिसलाई नल्याउने । यदि जानु परेमा स्प्रे गरी एप्रोन लगाएर मात्र जाने ।
  5. चल्ला ल्याएको कार्टुन र भ्याक्सिन लगाएको खाली भाँडा तुरुन्तै जलाइदिने ।
  6. भ्याक्सिन लगाउँदा स्वस्थ कुखुलाई मात्र भ्याक्सिन दिने तथा खुवाउने ।
  7. हप्ताको २ पटक खोरभित्र वा बाहिर स्प्रे गर्ने ।
  8. खोरभित्र दाना कहिल्यै भण्डारण नगर्ने ।
  9. कुखुराले खाने दाना, पानी, टंकी सफा राख्ने, कम्तीमा हप्ताको १ पटक खानेपानीका भाँडाहरु सफगरिसकेपछि मात्र औषधिको प्रयोग गर्ने ।
  10. कुखुलाई दिने दाना, ताजा, डल्ला नपरेको, नतातेको, ढुसी नलागेको हुनुपर्छ ।
  11. कुखुराको बृदि ठिक छ कि छैन भनी बेला बेलामा तौल गरी राख्नुपर्छ ।
  12. सोत्तर जहिले पनि सुख्खा हुनुपर्छ । धुलो तथा हिलो र गन्ध नआउने हुनुपर्छ ।
  13. कुखुराको फार्मभित्र प्रत्येक लट कुखुराको नियमित रेकर्ड राख्नुपर्दछ । औषधिको रेकर्ड, भ्याक्सिनको रेकर्ड, मरेको रेकर्ड, दाना खपतको रेकर्ड, अण्डा उत्पादन प्रतिशत रेकर्ड आदि ।