BIO Security

कुखुराको फर्ममा रोग फैलिन नदिन तर्जुमा गरिने सुरक्षा ब्यावस्थालाई जैविक सुरक्षा भनिन्छ । जैबिक सुरक्षा भनेको रोगको कारक तत्वलाई पंक्षिबाट तथा पंक्षिलाई रोगको कारक तत्वबाट टाढा राख्ने व्याबस्थालाई जनाउँदछ । कुखुरामा रोग लागेर उपचार गर्र्नुभन्दा रोग नै लाग्न नदिने उपाय अपनाउन राम्रो हुन्छ, जसलाई एचभलतष्यल ष्क दभततभच तजबल अगचभ भन्ने गरिन्छ ।
जैबिक सुरक्षका प्रकारहरु तीन किसिमका हुन्छन् ।

  •    कुखुरालाई छुट्टै राख्ने

    सार्वजनिक यातायात चल्ने बाटो, मानिसहरुको वस्ती तथा लसपस, अन्य घरपालुवा पंक्षि साथै जंगली पंक्षिहरुलाईसमेत आफ्नो कुखुराको खोर वरपर समेत सम्पर्क राख्न नसक्नेगरी तयार गरिएको वातावरणमा कुखुरा राख्ने कार्यलाई Isolation भनिन्छ । यसरी रोगका संवाहक यातायातका साधन, पशुपंक्षि, मानिस, घरपालुवा अथवा जंगली पंक्षिहरुबाट समेत टाढा हुनेगरी रोगका कारक तत्वलाई फर्मबाट टाढा राखेमा रोग सर्ने सम्भावना एकदम न्युनहुने देखिन्छ ।

  •    सवारी आवत जावत नियन्त्रण

    कुखुरा फार्मभित्र अनाबश्यक सवारी साधन आवत–जावत, फर्मभित्र र बाहिर मानिसको आवत जावत तथा सामाग्रीको ओसार–प्रसार नियन्त्रण गर्न सकेमा पनि रोग सर्ने सम्भावना कम भइ रोग लाग्ने डर कम हुन्छ ।

  •    सरसफाइ र निसंक्रमण

    कुखुराको खोर सरसफाई, कुखुराको खोरमा कागर्ने कर्मचारी, कामदार तथा प्राबिधिकहरुको सरसफाइमा ध्यान दिनसकेमा पनि धेरैहदसम्म रोग उत्पन्न गर्ने कारक तत्वबाट जोगाउन सकिन्छ । जसबाट फर्मका रोग नियन्त्रणमा सहयोग पुग्दछ भने अर्कोतर्फ नियमित लट, लट मा कुखुरा बिक्री गरिसकेपछि अर्को लट राख्नुपुर्व कुखुराको खोर, स्टोर, दाना पानी राख्ने भाँडाकुँडा समेत सफा पानीले धोइ पखाली सकेरमात्र प्रयोगमा ल्याउनुपर्छ । खोरलाई सफा राख्नको लागि जीवाणु तथा बिषाणु नाशक औषधि उचित मात्रामा पानीमा राखेर हप्ताको २ पटक खोरभित्र बाहिर छर्कनुपर्दछ ।